logo
गृहपृष्ठ हाम्रो बारेमा कर्मचारी विवरण नागरिक बडापत्र शैक्षिक गतिबिधि डाउनलोड सूचनाहरू तस्बिर पुस्तिका सम्पर्क नेपाली English

हाम्रो बारेमा

हाल मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहको सरकार रहेका छन् । लुम्बिनी प्रदेशको प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय रहेको छ । प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०७६ साल कार्तिक १८ गतेको निर्णयानुसार शिक्षा, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि र सामाजिक विकास तर्फका जिल्ला तथा स्थानीय स्तरमा सञ्चालन हुने कार्यक्रमहरुको सञ्चालन तथा कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत रहने गरी प्रदेश भित्र स्थापित ६ वटा सामाजिक विकास डिभिजन कार्यालयहरु मध्ये यस सामाजिक विकास डिभिजन कार्यालय नेपालगंज बाँकेको स्थापना भएको हो । यस डिभिजन कार्यालयको कार्यक्षेत्र बाँके र बर्दिया जिल्ला रहेको छ । यस डिभिजन कार्यालयको विधिवत उद्घाटन मिति २०७६ साल मंसिर १० गतेका दिन सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालज्यूबाट भएको हो। साविक ब्याबसायिक तथा सीप बिकास तालिम केन्द्र बाँकेको भवनमा यो कार्यालय स्थापना भई सञ्चालनमा रहेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा शिक्षा तथा सामाजिक विकास निर्देशनालयको मातहतमा रही तोकिए लक्ष्यहरु प्राप्तिका निम्ति कार्य गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी हो । प्रदेश सरकारको निर्णय बमोजिम साविकको व्यावसायिक तथा सीप विकास तालिम केन्द बाँके समेत यसै कार्यालयमा समायोजन भएको छ । कार्यालय मार्फत मुलुक र यस क्षेत्रमा व्याप्त गरिबी र बेरोजगारी समस्याहरुलाई समाधान गर्ने अभिप्रायले छोटो तथा मध्यमकालीन ब्यवसायिक एवं सीपमूलक आधारभुत तथा अपग्रेड तालीमहरु कटाई सिलाई, बिद्युत जडान, प्लम्बीङ्ग, केशश्रृगार, बेल्डीङ्ग, इलेक्ट्रोनिक्स मर्मत, कम्प्युटर, अटोमेकानिक्स र मोटरसाईकल मर्मत लगायतका विभिन्न तालिमहरु समेत नियमित रुपमा हुँदै आएको छन । साथै कार्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको राष्ट्रिय सीप परीक्षण केन्द्रसंग सहकार्य गरी सीप सिकेका व्यक्तिहरुको सीप परीक्षण कार्य समेत गराउदै आएको छ ।

प्रदेश सरकार कार्यविभाजन नियमावली,२०७४ अनुसार सामाजिक विकास मन्त्रालयलाई शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा तथा लिपि र विज्ञान तथा प्रविधिसंग सम्वन्धित विषयहरुको कार्य जिम्मेवारी तोकिएको छ ।सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुमध्ये स्वास्थ्य सेवा बाहेकका शिक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा तथा लिपि र विज्ञान तथा प्रविधिसंग सम्वन्धित विषयहरुको जिल्ला तथा स्थानीय स्तरमा संचालन हुने कार्यक्रमहरुको सञ्चालन तथा कार्यान्वयन गरिरहेको छ ।

प्रदेश सरकार कार्यविभाजन नियमावली,२०७४ अनुसार सामाजिक विकास मन्त्रालयलाई शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा तथा लिपि र विज्ञान तथा प्रविधिसंग सम्वन्धित विषयहरुको कार्य जिम्मेवारी तोकिएको छ ।सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुमध्ये स्वास्थ्य सेवा बाहेकका शिक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा तथा लिपि र विज्ञान तथा प्रविधिसंग सम्वन्धित विषयहरुको बाँके र बर्दिया जिल्लास्तरमा संचालन हुने कार्यक्रमहरुको सञ्चालन तथा कार्यान्वयन गराउने ।

 उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरुको पुर्वाधार, सुचना तथा संचार, प्रविधि, छात्रवृत्ति, पाठय पुस्तक तथा पाठय सामाग्री, पुस्तकालय, फर्निचर तथा फिक्चर्स, मेसिनरी औजार आदिमा सहयोग पुर्‌याउने कार्यक्रमको कार्यान्वयन गर्ने ।  विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरुको कार्यान्वयन गर्ने ।  महिला हक हित, महिला सशक्तिकरण र लैङ्गिक समानता सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने ।  लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण तथा अन्य कार्यक्रम कार्यन्वयन गर्ने ।  बाल-बालिकाको हकहित संरक्षण सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने ।  बालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, वालउद्धार कोष व्यवस्थापन र बालसुधार तथा पुनर्स्थापना कार्यक्रमहरु कार्यान्वयन गर्ने ।  ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने ।  युवाहरुको रोजगारी र स्वरोजगारीका लागि प्रादेशिक नीति अनुरुपका कार्यक्रम तथा युवा वैज्ञानिक प्रोत्साहनका कार्यक्रमहरु कार्यान्वयन गर्ने ।  खेलकुद सम्बन्धी प्रादेशिक नीतिको कार्यान्वयनका लागि खेलकुद पुर्वाधारको निर्माणमा सहयोग तथा राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिताका कार्यक्रमहरुको कार्यान्वयन गर्ने ।  लोपोन्मुख, सिमान्तकृत, गरिव, जेष्ठ नागरिक लक्षित कार्यक्रमहरुको कार्यान्वयन गर्ने ।  रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा रोजगारी र स्वरोजगारका लागि सीपमूलक तालिमहरु संचालन गर्ने, वीउँपूजी तथा ऋण व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन गर्ने ।  श्रमिक एवं श्रमिकहरुको सामाजिक सुरक्षा, श्रमशक्ति, श्रम बजार वीचको समन्वय र सहजिकरण गर्ने ।  जिल्ला स्तरमा हुने विज्ञान तथा प्रविधि सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने ।  जिल्ला स्तरमा हुने खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने ।  फोहरमैला व्यवस्थापनमा स्थानीय तहलाई सहजिकरण गर्ने ।