logo
गृहपृष्ठ हाम्रो बारेमा कर्मचारी विवरण नागरिक बडापत्र शैक्षिक गतिबिधि डाउनलोड सूचनाहरू तस्बिर पुस्तिका सम्पर्क नेपाली English
मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एवम नेतृत्व विकास तालिम कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री मा. जन्मजय तिमिल्सिना ज्यूबाट उद्‌घाटन ।
सामाजिक विकास मन्त्री मा. जन्मजय तिमिल्सिना ज्यूबाट सामाजिक विकास डिभिजन कार्यालय बाँकेको अनुगमन
सामाजिक विकास मन्त्रालयका सचिव श्री भुपेन्द्र थापा ज्यूबाट सामाजिक विकास डिभिजन कार्यालय बाँकेको अनुगमन
सामाजिक विकास मन्त्री मा. जन्मजय तिमिल्सिना ज्यूलाई सामाजिक विकास डिभिजन कार्यालय बाँकेमा स्वागत गर्दा
मेरो विद्यालय मेरो दायित्त्व कार्यक्रम-२०८१-८२
Chief

कार्यालय प्रमुख


उद्धव प्रसाद श्रेष्ठ

(कार्यालय प्रमुख)
9858080281
Chief

सूचना अधिकारी


सन्जिव कुमार मण्डल

(अधिकृत (लेखा))
9858080201

परिचय

हाल मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहको सरकार रहेका छन् । लुम्बिनी प्रदेशको प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय रहेको छ । प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०७६ साल कार्तिक १८ गतेको निर्णयानुसार शिक्षा, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि र सामाजिक विकास तर्फका जिल्ला तथा स्थानीय स्तरमा सञ्चालन हुने कार्यक्रमहरुको सञ्चालन तथा कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत रहने गरी प्रदेश भित्र स्थापित ६ वटा सामाजिक विकास डिभिजन कार्यालयहरु मध्ये यस सामाजिक विकास डिभिजन कार्यालय नेपालगंज बाँकेको स्थापना भएको हो । यस डिभिजन कार्यालयको कार्यक्षेत्र बाँके र बर्दिया जिल्ला रहेको छ । यस डिभिजन कार्यालयको विधिवत उद्घाटन मिति २०७६ साल मंसिर १० गतेका दिन सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालज्यूबाट भएको हो। साविक ब्याबसायिक तथा सीप बिकास तालिम केन्द्र बाँकेको भवनमा यो कार्यालय स्थापना भई सञ्चालनमा रहेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा शिक्षा तथा सामाजिक विकास निर्देशनालयको मातहतमा रही तोकिए लक्ष्यहरु प्राप्तिका निम्ति कार्य गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी हो । प्रदेश सरकारको निर्णय बमोजिम साविकको व्यावसायिक तथा सीप विकास तालिम केन्द बाँके समेत यसै कार्यालयमा समायोजन भएको छ । कार्यालय मार्फत मुलुक र यस क्षेत्रमा व्याप्त गरिबी र बेरोजगारी समस्याहरुलाई समाधान गर्ने अभिप्रायले छोटो तथा मध्यमकालीन ब्यवसायिक एवं सीपमूलक आधारभुत तथा अपग्रेड तालीमहरु कटाई सिलाई, बिद्युत जडान, प्लम्बीङ्ग, केशश्रृगार, बेल्डीङ्ग, इलेक्ट्रोनिक्स मर्मत, कम्प्युटर, अटोमेकानिक्स र मोटरसाईकल मर्मत लगायतका विभिन्न तालिमहरु समेत नियमित रुपमा हुँदै आएको छन । साथै कार्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको राष्ट्रिय सीप परीक्षण केन्द्रसंग सहकार्य गरी सीप सिकेका व्यक्तिहरुको सीप परीक्षण कार्य समेत गराउदै आएको छ ।

सबै हेर्नुहोस्
ग्यालरी सबै हेर्नुहोस्

जानकारी